सोमबार, असार २, २०८२

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

नेपालखोज २०८१ मंसिर २६ गते ११:०७

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा दुई हजारले वृद्धि भएको छ । मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया