बुधबार, जेठ १, २०८२

विष्णुसरस्वती फाउन्डेसन र तारा फाउन्डेसनले श्री बौंडेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्ने

नेपालखोज २०८१ मंसिर २६ गते ११:३४

काठमाडौं । विष्णु–सरस्वती फाउन्डेसन र बज्रयोगिनी फाउन्डेसनले मलेसियाको तारा फाउन्डेसनको सहकार्यमा गरिब तथा शैक्षिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गर्ने भएको छ ।

काठमान्डौंको टोखा नगरपालिका स्थित झोरमा रहेको श्री बौंडेश्वर माध्यमिक विद्यालयमा एक कार्यक्रम गर्दै विष्णु–सरस्वती फाउन्डेसन, बज्रयोगिनी फाउन्डेसन र मलेसियाको तारा फाउन्डेसनले श्री बौंडेश्वर माध्यमिक विद्यालयसँग सम्झौता गरी एमओयुमा हस्ताक्षर गरेका छन् ।

विष्णु–सरस्वती फाउन्डेसनको पहलमा अब श्री बौंडेश्वर माध्यमिक विद्यालयमा विद्यालय समय पछिको ट्युसन क्लास ”गुरुकुल ” सन्चांलन हुने भएको छ । ट्युसन क्लास ”गुरुकुल ” सन्चांलनबाट शैक्षिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार हुने र उनीहरूले गुणस्तरीय शिक्षा पाउनेमा फाउन्डेसनले विश्वास लिएको छ ।

प्रतिक्रिया