अर्थ समिति बैठक स्थगित
नेपालखोज
२०८१ पुष १ गते १२:४४

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको छ । सत्ता पक्षीय सांसदको उपस्थिति कम भएकाे भन्दै सोमबार ११ बजेका लागि बोलाइएको अर्थ समितिको बैठक स्थगित भएको हो ।
बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो ।
बैठकमा अर्थमन्त्रीको समेत उपस्थिति हुने बताइएको थियो । १२ जना उपस्थित भए बहुमत पुग्ने थियो तर ११ जना सांसद उपस्थित थिए ।
नेकपा माओवादीका सांसद गंगा कार्कीले कोरम नपुगी बैठक बसेको प्रतिविरोध जनाएपछि अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो ।
सम्बन्धित

प्रतिक्रिया