लागुऔषधसहित तीन जना पक्राउ
नेपालखोज
२०८१ पुष १ गते १२:५६

काठमाडौं । ब्राउनसुगर जस्तो देखिने पदार्थ ३९० मिलिग्राम लागुऔषधसहित रुपन्देही र कैलालीबाट ३ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी सालझण्डीबाट खटिएको प्रहरीले आइतबार बिहान रूपन्देहीको कंचन गाउँपालिका-२ बेहोरी बस्ने ३६ वर्षीय शुसिल बोहोरा र २५ वर्षीय सुरेस थारूलाई पक्राउ गरेको हो ।
कैलालीको टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १५० मिलिग्रामसहित सोही नगरपालिका-१ दुर्गानगर बस्ने २१ वर्षीय सागर चौधरीलाई प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको हाे ।
प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया