पीएलको शोकमा तीन दिन आधा झण्डा झुकाउने कांग्रेसको निर्णय

नेपालखोज २०८१ पुष १ गते १४:५७

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

आइतबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमाआधा झण्डा झुकाउने निर्णय गरेको हाे ।

भोलि (मंगलबार) पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि गरेकाे मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीले आजदेखि १३ दिनसम्म देशका सबै कार्यालयमा शोक पुस्तिका राख्ने र तेह्रौं दिनमा काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको हो ।

प्रतिक्रिया