बेचन र प्रतिकलाई थुनामै पठाउन उच्च अदालतको आदेश
नेपालखोज
२०८१ पुष १ गते १६:३८

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झा र थापालाई थुनामै पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।
जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो ।
दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया