तीन संसदीय समितिको बैठक बस्ने
नेपालखोज
२०८१ पुष २ गते १०:१६

काठमाडौं । तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ ।
आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुनेछ ।
यसैगरी विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्ने भएकाे छ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया