शुक्रबार, पुष ४, २०८२

बसको ठक्करबाट महोत्तरीमा एक पैदलयात्रीको मृत्यु

नेपालखोज २०८१ पुष २ गते १०:३१

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका-१ रातो पुलमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३-००१ ख २७२९ नम्बरको बसले गएराति १२:५० बजे ठक्कर दिँदा अन्दाजी ४५/५० वर्षको पुरुषको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा बर्दिबास अस्पतालमा राति साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

पैदलयात्रुलाई ठक्कर दिएपछि नरोकी गन्तव्यतर्फ गइरहेको बसलाई सिरहाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । बस चालक धादिङको थाक्रे गाउँपालिकाका राजेन्द्रप्रसाद प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ ।

प्याकुरेललाई आज बिहान पाँच बजे महोत्तरी ल्याइपुर्‍याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया