सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
नेपालखोज
२०८१ पुष २ गते १०:५३

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेर १ लाख ५१ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको थियाे ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । चाँदी तोलाको १ हजार ८४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया