तीन अंकले बढ्याे नेप्से, चार अर्ब ३४ करोडको काराेबार

काठमाडाैं । साताको तेस्राे कारोबारको दिन शेयर बजार परिसूचक नेप्से २.९५ अंकले बढेको छ । आज नेप्से २.९५ अंकले बढेर २६ सय ३३.८७ बिन्दुमा रोकिएको हो ।
नेप्सेमा आज ३१८ वटा कम्पनीको ५३ हजार ९५७ पटकको कारोबारमा ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७५० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा पाँच वटा समूहको सुचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २.४५ अंकले बढेर १४ सय ८.९६ अंकमा चढेकोमा फाईनान्स समूहको सूचक २७.१६ अंकले बढेर तीन हजार १४२.९३ अंकमा चढेको छ ।
जलबिद्युत समूहको सूचक ४.९७ अंकले बढेर तीन हजार ४६७.७२ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक २४. ८६ अंकले बढेर १२ हजार ६६३.९९ अंकमा चढेको छ ।
होटेल तथा पर्यटन, लघुवित्त, अन्य र व्यापार समूहको सूचक क्रमश: ११.७६, २७.२७, २.५५ र २८.शुन्य पाँच अंकले बढेका छन् ।
विकास बैंक समूहको सूचक भने ३६.५६ अंकले घटेर पाँच हजार ५३७.१७ अंकमा झरेकोमा जिवन बिमा समूहको सूचक १९.६२ अंकले घटेर १२ हजार ६८१.१० अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमूहको सूचक क्रमश : शुन्य.२२, २९.८९ र शुन्य.१० अंकले घटेका छन् ।
प्रतिक्रिया