विद्युत् प्राधिकरणको बोर्डमा डा. बलबहादुर र लक्ष्मण नियुक्त
नेपालखोज
२०८१ पुष ३ गते १३:५४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा डा. बलबहादुर केसी पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् । बुधबार मन्त्रीस्तरीय निर्णयबाट पराजुली र केसी नियुक्त भएका हुन् ।
मंगलबार मात्र सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यको कार्यकाल सकिएको थियो । पुन र आचार्य दुवै जनालाई सरकारले गत साउन २० गते बोर्ड सदस्यबाट हटाएको थियो ।
उनीहरूको ठाउँमा पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्र गुरुङलाई नियुक्ति दिइएको भए पनि पुन र आचार्य दुवैले सर्वोच्चले थमौती गरिदिएको थियो ।
उनीहरू दुवैको कार्यकाल सकिएपछि मन्त्रालयले पराजुली र केसीलाई नियुक्त गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया