सोमबार, वैशाख १५, २०८२

सन नेपाल लाइफद्वारा ७५ प्रतिशत ब्याज छुट अभियान

नेपालखोज २०८१ पुष ३ गते १६:३४


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ७५ प्रतिशत व्याज छुट अभियान सञ्चालन गरेको छ । कम्पनीले यहि पौष १ देखि पौष २६ सम्ममा व्यतित बिमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यो छुट अभियानका मुख्य उद्देश्यमा आर्थिक समस्याका कारण बिमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुन: बिमाको दायरामा ल्याउने र उनीहरूको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने, ग्राहकको व्यतित बिमालेख पुनर्जागरण गरी उनीहरूको सुरक्षालाई निरन्तरता दिने, ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने रहेको छ ।

कम्पनीले यस छुट अभियानमार्फत ग्राहकलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बिमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया