नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्था(पिएसबी)का नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले आमनागरिकका चासोका विषय पिएसबीका प्रसारणका मुख्य विषयवस्तु हुनुपर्ने बताएका छन् ।
साबिक रेडियो नेपाल र नेपाल टेलिभिजन पिएसबी बनेपछि उक्त पदमा नियुक्त भएका उनले आज यहाँ आयोजित कार्यक्रममा जनताका आवाज तटस्थ रुपमा पिएसबीले आमनागरिकसम्म पु¥याउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘राष्ट्रको आवश्यकताका आधारमा दुई सरकारी सञ्चारमाध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी पिएसबी बनाइएकाले यो ग्रामीण भेगका जनताको शिक्षा, सूचना र मनोरञ्जनको साधन हुनुपर्छ । सार्वजनिक सेवा प्रसारणको मर्मअनुसार पिएसबीले आफ्ना प्रसारण सामग्रीलाई नागरिक केन्द्रित गर्नुपर्छ ।’
अध्यक्ष विष्टलाई साबिक रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री र नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम न्यौपानेले स्वागत गरे । रासस

प्रतिक्रिया