व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ ।
दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि आज सर्वोच्च उपस्थित गराइएको हो ।
प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । यो रिट निवेदनमाथि बुधबार सुनुवाइ भएको थियाे ।
सर्वोच्चले शुक्रबार उनलाई थुनामा राखेर भइरहेको अनुसन्धान कानुनसम्मत देखेमा रिट खारेज गर्ने छ भने गैरकानुनी देखेमा साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश गर्नेछ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उक्त अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने उनीमाथि सार्वजनिक अपराध र किर्तेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया