जीवीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता, रविको मुद्दा आइतबार जाने
नेपालखोज
२०८१ पुष ५ गते १४:५०

काठमाडौं । कास्की जिल्ला अदालतमा सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध आज मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध आजै मुद्दा दर्ता हुनेका लागि लगिएकाे हो ।
सहकारी ठगी प्रकरणमै पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबार मुद्दा दर्ता हुने भएको हाे । हिरासतमा रहेका रवि, छविसहित जीवीका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने छ ।
रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको छ । दायर गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया