भरतपुर वडा नम्बर ६ बालमैत्री वडा घोषणा

नेपालखोज २०८१ पुष ५ गते १६:४३

काठमाडाैं । भरतपुर वडा नम्बर ६ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबिच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्र सेन अधिकारीले संयुक्त रूपमा बालमैत्री वडा गरिन् ।

भरतपुर ६ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ५ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यस अघि भरतपुर १४, १३, २३ र २१ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष २०८३/८४ मा पूर्ण बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।

बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचक तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधि अनुसार केही सूचक सत प्रतिशत र केही ८० प्रतिशत पुरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका ४ वटा खम्बा रहेका छन् ।

सहभागिता, विकास, संरक्षण, बाच्न पाउने अधिकार रहेका छन् ।  यी सूचक पुरा भएकाले वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन् ।

वि.सं.२०७६ सालमा भरतपुर-१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो। भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो। भरतपुर महानगरका प्रमुख रेणुले सिङ्गो महानगरलाई बालमैत्री महानगरका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गरिन ।

उनले बालबालिकाको शिक्षा स्वास्थ्य लगायतका कुरामा आफूहरू लागिपरेको भन्दै अभिभावक पनि जिम्मेवार भएर लाग्न अनुरोध गरिन । अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि छुट्टै स्रोत कक्षा समेत सञ्चालन गरिएको उनले जानकारी दिइन ।

महानगरमा सडक बालबालिका समेत नरहेको उनले जानकारी दिइन । भरतपुरमा बालबालिकाविरुद्ध हुने सबै खाले हिंसा, यातना, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिबद्ध रहेको उनको भनाई छ । उपप्रमुख चित्र सेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताए ।

अधिकारीले महानगरका पूर्वाधार विकाससँगै सामाजिक र मानव अधिकारका विषयमा त्यतिकै ध्यान दिएको बताए । घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नु पर्ने बताए ।

बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उनको भनाई छ । कार्यक्रम वडा अध्यक्ष कृष्णलाल श्रेष्ठको अध्यक्षतामा भएको हो । 

प्रतिक्रिया