संघीय संसद अन्तर्गत चारवटा समितिको बैठक बस्दै

नेपालखोज २०८१ पुष ७ गते ७:५४

काठमाडौं । संघीय संसद अन्तर्गत चारवटा समितिको बैठक बस्दै छ । आज अर्थ, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छन् । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकपनि बिहान साढे १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।

यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिङ्गी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठकको समय तोकिएको छैन् । बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग दफावार छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया