एमालेको सचिवालय बैठक आगामी बुधबार
नेपालखोज
२०८१ पुष ७ गते १०:१३

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आगामी बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया