रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

नेपालखोज २०८१ पुष ७ गते ११:४६

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रविसहित ५ जनाविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्ने तयारी हुँदैछ । रविसहित ५ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको छ ।

सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रबार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो ।

प्रतिक्रिया