लेखा समितिकाे बैठक सोमबारका लागि बोलाइयो

नेपालखोज २०८१ पुष ७ गते १५:०६

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक भोली (सोमबार)का लागि बोलाइएको छ । बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइए समिति सचिवालयले जनाएको छ ।

समितिको पछिल्लो बैठक भदौ ९ मा बसेको थियो । उक्त बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा चर्काचर्की परेको थियो ।

समिति सभापति ऋषिकेश पोखरेल घिसिङलाई कारबाही गर्नुपर्ने पक्षमा उभिएको भन्दै सांसदले विरोध गरेका थिए ।

एक समिति सदस्यका अनुसार लामो समय बैठक नबसेको भन्दै विरोध भएपछि भालिका लागि बैठक बोलाइएको हो ।

प्रतिक्रिया