शुक्रबार, पुष ४, २०८२

बालकोटमा बाबुछोरा हत्या प्रकरणमा, मिलनले हत्या गरेको स्वीकारे

नेपालखोज २०८१ पुष ९ गते १३:०१

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ परेका छन् ।

बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको आशंकासहित प्रहरीले उनको खोजी गरिरहेको थियो ।

मिलनले मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइकाे हत्या गरेकाे स्वीकार गरे ।

उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया