छवि जोशीको बयान सकियो, लिलाको सुरु
नेपालखोज
२०८१ पुष ९ गते १६:३२

काठमाडाैं । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका छविलाल जोशीको बयान सकिएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविको बयान मंगलबार दिउँसो सकिएको हो ।
सोमबारदेखि सुरु भएको छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान सुरु भएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो ।
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ ।
बयानका लागि छवि, लिलासहित रवि लामिछाने, जीवीका साझेदर नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको छ ।
सम्बन्धित

प्रतिक्रिया