मिथुन राशिको वार्षिक राशिफल – २०२५

वैदिक ज्योतिष शास्त्र अनुसार नयाँ वर्ष २०२५ ग्रह र नक्षत्रको स्थितिका आधारमा विशेष रहनेछ । यो वर्ष बृहस्पति बाहेकका देवता शनि, राहु र केतुले पनि राशि परिवर्तन गर्नेछन् जसले १२ राशिका साथै देश- विदेशमा ठुलो प्रभाव पार्नेछ । यो वर्ष बृहस्पति मिथुन राशिमा प्रवेश गर्नेछन् भने शनि मीन राशिमा प्रवेश गर्नेछन् । यससँगै राहु कुम्भ राशिमा प्रवेश गर्नेछन् । यसबाहेक सूर्य, बुध, चन्द्रमा, मङ्गल आदिले निश्चित समयपछि राशि परिवर्तन गर्नेछन् जसले राशिहरूको जीवनलाई असर गर्नेछ । नयाँ वर्षले धेरै राशिका मानिसहरूको भाग्य र भविष्य उज्ज्वल बनाउन सक्छ भने जागिर र व्यवसायमा प्रशस्त लाभ हुनेछ।
मिथुन राशिको वार्षिक राशिफल
२०२५ तपाईंका लागि ठूला अवसरहरूले भरिएको वर्ष साबित हुनेछ तर यसका लागि आफ्ना योजनाहरू सही रूपमा लागू गर्नु पर्नेछ । जनवरी र मार्चको बीचमा करियरमा केही महत्त्वपूर्ण परिवर्तन हुन सक्छ । यदि आफ्नो काम परिवर्तन गर्ने योजनामा हुनुहुन्छ भने, यो समय उपयुक्त हुन सक्छ । तपाईं आफ्नो कडा परिश्रम र समर्पणका कारण सफल हुने योग छ ।
र्षको मध्य विशेष गरी मे र जुनमा केही व्यक्तिगत समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ । पारिवारिक जीवनमा तनाव बढ्न सक्छ । यदि धैर्यताका साथ परिस्थितिको सामना र समस्या समाधान गर्ने प्रयास गर्नुभयो भने स्थिति चाँडै सुधार हुन सक्छ । सम्बन्धमा सदभाव कायम राख्ने प्रयास पनि गर्नुपर्नेछ ।
सातौं महिनादेखि डिसेम्बरसम्मको समय निकै लाभदायक साबित हुनसक्छ। कार्यस्थलमा तपाईंको प्रदर्शन राम्रो हुनेछ र केही ठूलो परियोजना वा अवसर जुटन सक्छ । तपाईंको रचनात्मकता र सोचमा नयाँपन हुनेछ जसले सकारात्मक परिणाम दिनेछ । जुलाई र अगस्टमा तपाईंको ध्यान यात्रा र शिक्षामा हुनेछ । यो समय यात्राका लागि राम्रो साबित हुन सक्छ भने विशेष भेटघाट पनि हुनेछ ।
वर्षको अन्त्यमा विशेष गरी डिसेम्बरमा समय अनुकुल हुनेछ । पेशा – ब्यवसायमा स्थिरता कायम हुनेछ भने लामो समय देखि चलिरहेको परियोजना पूरा गर्ने मौका मिल्नेछ । पारिवारिक जीवनमा शान्ति र सन्तुलन कायम रहनेछ ।

प्रतिक्रिया