शुक्रबार, वैशाख १२, २०८२

कजाकस्तान विमान दुर्घटना, ३८ जनाको मृत्यु

नेपालखोज २०८१ पुष ११ गते १०:४६

काठमाडौं । कजाकस्तानको अक्ताउ सहरमा यात्रुवाहक विमान दुर्घटना हुदाँ ३८ जनाको मृत्यु भएको छ ।

विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले जानकारी दिएका हुन् ।

उनका अनुसार दुई बच्चासहित २९ जनाको उद्धार गरिएको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर छ ।

बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान बुधबार कजाकस्तानमा दुर्घटना भएको थियो । बाक्लो हुस्सुका कारण उक्त जहाजको रुट परिवर्तन गरिएको थियो ।

प्रतिक्रिया