सहकारी ठगी प्रकरण : रवि लामिछानेकाे बयान सुरु

नेपालखोज २०८१ पुष ११ गते १४:२२

काठमाडाैं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेकाे बयान सुरु भएको छ । बिहीबार जिल्ला अदालत कास्कीमा रविकाे बयान सुरु भएको हो ।

रविसँग न्यायाधीश नितिज राईले बयान लिनेछन् । सोही मुद्दाकी प्रतिवादी लिला पछाईसँग भर्खरै बयान सकिएको छ ।

सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको अभियोगमा रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको थियो ।


प्रतिक्रिया