सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ काराेकार ?
नेपालखोज
२०८१ पुष १२ गते १२:०६

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीकाे मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनकाे मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीकाे मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया