मोहन वैद्य अस्पताल भर्ना
नेपालखोज
२०८१ पुष १२ गते १४:३४

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् ।
एक्कासि दम बढेपछि वैद्यलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।
त्यसक्रममा स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकले भर्ना गरेरै उपचार गर्नुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया