वृश्चिक राशिको वार्षिक राशिफल-२०२५

वैदिक ज्योतिषशास्त्र अनुसार नयाँ वर्ष २०२५ ग्रह र नक्षत्रको स्थितिका आधारमा विशेष रहनेछ । यो वर्ष बृहस्पति बाहेकका देवता शनि, राहु र केतुले पनि राशि परिवर्तन गर्नेछन् जसले १२ राशिका साथै देश/बिदेशमा ठूलो प्रभाव पार्नेछ ।
यो वर्ष बृहस्पति मिथुन राशिमा प्रवेश गर्नेछन भने शनि मीन राशिमा प्रवेश गर्नेछन । यससँगै राहु कुम्भ राशिमा प्रवेश गर्नेछन् ।
यसबाहेक सूर्य, बुध, चन्द्रमा, मंगल आदिले निश्चित समयपछि राशि परिवर्तन गर्नेछन् जसले राशिहरूको जीवनलाई असर गर्नेछ । नयाँ वर्षले धेरै राशिका मानिसहरूको भाग्य र भविष्य उज्वल बनाउन सक्छ भने जागिर र व्यवसायमा प्रसस्त लाभ हुनेछ।
वृश्चिक राशिको वार्षिक राशिफल
वृश्चिक राशिका लागि २०२५ निर्णायक र परिवर्तनकारी वर्ष हुनेछ । यो वर्ष आत्म(विकास, सम्बन्धमा सुधार तथा मानसिक शान्ति तर्फ अघि बढ्ने उपयुुक्त वर्ष हो ।
जनवरी देखि मार्च सम्म अर्थात् वर्षको सुरुमा तपाईंले आफ्नो जीवनमा केही नयाँ परिवर्तन खोज्नुहुनेछ । यति बेला आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनमा केहि ठूला कदमहरू चाल्न सकिन्छ । यदि सम्बन्धमा समस्या छ भने अब त्यो समस्या समाधान गर्ने समय भयो ।
यसले तपाईंको सम्बन्धमा स्थिरता ल्याउनेछ । यदि व्यवसायिक जीवनमा नयाँ परियोजना वा व्यवसायमा प्रवेश गर्ने योजना बनाउँदै हुनुहुन्छ भने समय उपयुक्त छ । आर्थिक मामिलामा केही कठिन निर्णयहरू लिनु पर्ने हुन सक्छ । त्यसका लागि धैर्य गर्नुहोस् ।
अप्रिल देखि जुन सम्म मानसिक अवस्था बलियो हुनेछ । तपाईंले आफु भित्र लुकेको शक्ति महसुस गर्नुहुनेछ, जसले व्यवसायिक र व्यक्तिगत दुवै मोर्चामा सफलता दिलाउनेछ । यद्यपि, सम्बन्धमा केही तनाव हुन सक्छ, विशेष गरी तपाईं आफैले आफ्नो सम्बन्धको बारेमा लापरवाही देखाउनुभएको छ ।
तपाईंले सम्बन्धमा विश्वास कायम राख्न र केही पुराना समस्याहरू समाधान गर्न आवश्यक छ । जुलाईको वरिपरि यात्राको अवसर जुटन सक्छ जसले तपाईंको मानसिक दृष्टिकोणलाई विस्तार गर्नेछ ।
जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा व्यवसायिक जीवनमा प्रगति देखिन्छ । काम प्रतिको समर्पण र प्रयासले फल दिनेछ । यदि कुनै महत्त्वपूर्ण परियोजनामा काम गर्दै हुनुहुन्छ भने सफलता हात पर्नेछ ।
सम्बन्धमा पनि सुधार हुनेछ तर तपाईंले अरूको विचार पनि बुझन आवश्यक छ। तपाईंको बोली र विचारमा प्रभावशाली परिवर्तन हुनेछ जसले व्यक्तिगत र व्यवसायिक जीवनमा सुधार ल्याउनेछ ।
अक्टोबरदेखि डिसेम्बरसम्म आत्म(नियन्त्रण र विवेकका साथ निर्णय गर्नु पर्नेछ । तपाईंमा धेरै जिम्मेवारीहरू छन् । कडा परिश्रम र समर्पणले ती सबै कुरालाई सन्तुलनमा राख्न सकिनेछ ।
कार्यस्थलमा आफ्नो कामको प्रशंसा हुनेछ र काममा नयाँ उचाइ छुन सकिनेछ । पारिवारिक जीवनमा सदभाव कायम रहनेछ । तपाईंले आफूलाई मानसिक एवं शारीरिक रूपमा सन्तुलित राख्नु पर्छ । डिसेम्बरमा नयाँ सुरुवात हुन सक्छ भने केही नयाँ अवसर पनि जुटन सक्छ ।
प्रतिक्रिया