कन्या राशिको वार्षिक राशिफल-२०२५

वैदिक ज्योतिषशास्त्र अनुसार नयाँ वर्ष २०२५ ग्रह र नक्षत्रको स्थितिका आधारमा विशेष रहनेछ । यो वर्ष बृहस्पति बाहेकका देवता शनि, राहु र केतुले पनि राशि परिवर्तन गर्नेछन् जसले १२ राशिका साथै देश/बिदेशमा ठूलो प्रभाव पार्नेछ ।
यो वर्ष बृहस्पति मिथुन राशिमा प्रवेश गर्नेछन भने शनि मीन राशिमा प्रवेश गर्नेछन । यससँगै राहु कुम्भ राशिमा प्रवेश गर्नेछन् ।
यसबाहेक सूर्य, बुध, चन्द्रमा, मंगल आदिले निश्चित समयपछि राशि परिवर्तन गर्नेछन् जसले राशिहरूको जीवनलाई असर गर्नेछ । नयाँ वर्षले धेरै राशिका मानिसहरूको भाग्य र भविष्य उज्वल बनाउन सक्छ भने जागिर र व्यवसायमा प्रसस्त लाभ हुनेछ ।
कन्या राशिको राशिफल
वर्ष २०२५ कन्या राशिका मानिसहरूका लागि रोमाञ्चक रहनेछ । जनवरी र फेब्रुअरीमा केही अवसरहरू प्राप्त गर्न सकिनेछ जसबाट प्रसस्त फाइदा लिन सकिन्छ । यदि नयाँ योजनामा काम गर्ने सोचमा हुनुहुन्छ भने यो समय धेरै राम्रो छ ।
मार्च देखि मे सम्मको समय आर्थिक दृष्टिकोणबाट फलदायी रहनेछ । तपाईंसँग केही नयाँ वित्तीय योजनाहरू हुन सक्छन् र आफ्नो सम्पत्ति बढाउन सक्नुहुन्छ । कार्यस्थलमा आफ्नो प्रदर्शनको राम्रो नतिजा प्राप्त हुनेछ । यद्यपि पारिवारिक जीवनमा केही समस्या देखा पर्न सक्छ ।
वर्षको मध्यमा विशेष गरी जुलाई र अगस्टमा आफ्नो स्वास्थ्यमा ध्यान दिनु पर्ने हुन सक्छ । कामको दबाबले शारीरिक तथा मानसिक थकान निम्त्याउन सक्छ । आफैलाई आराम गर्ने समय दिनुहोस् ।
सेप्टेम्बर र अक्टोबरमा लक्ष्य प्राप्त हुनसक्छ । तपाईंले महत्त्वपूर्ण परियोजना पूरा गर्नुहुनेछ र त्यसका लागि प्रशंसा पाउनुहुनेछ ।
वर्षको अन्त्यमा विशेष गरी डिसेम्बरमा आफ्ना सम्बन्धहरु बलियो हुनेछन । परिवार र साथीहरूबाट पूर्ण समर्थन पाईनेछ भने व्यक्तिगत जीवनमा शान्तिको अनुभव हुनेछ ।
प्रतिक्रिया