सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
नेपालखोज
२०८१ पुष १३ गते १०:२८

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो ।
हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा पूर्वन्यायाधीश वस्तीको निधन भएको खबर आफूले पाएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए ।
घिमिरेका अनुसार पूर्वन्यायाधीश वस्तीको भोलि आइतबार मात्रै अन्त्येष्टि गरिने छ । अमेरिकामा रहेको छोरा फर्केपछि मात्रै अन्त्येष्टि गरिने जानकारी आफूले पाएको उनले बताए ।
उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए ।
सम्बन्धित

प्रतिक्रिया