शुक्रबार, वैशाख १२, २०८२

अफगानिस्तानमा विष्फोट हुँदा चारजना घाइते

नेपालखोज २०८१ पुष १३ गते २०:०५

काबुल । अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान आन्तरिक मन्त्रालय नजिकै भएको विस्फोटमा कम्तीमा चार जना घाइते भएका एक प्रहरी अधिकारीले बताएका छन् ।

काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जद्रानले भने, ‘काबुलको आन्तरिक मन्त्रालय नजिकै रहेको शेख जायद अस्पतालको अगाडि विस्फोट हुँदा चार जना घाइते भएका छन् ।’

जद्रानका अनुसार घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । विस्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन । रासस/सिन्ह्वा

प्रतिक्रिया