दक्षिण कोरिया १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु
नेपालखोज
२०८१ पुष १४ गते ७:५६

काठमाडाैं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ ।
बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएर दुर्घटना भएको हाे ।
यो विमानमा करिब १८१ जना सवार रहेकाे बीबीसीले जनाएकाे छ । दुर्घटनामा कति जनाको ज्यान गएको छ भने यकिन भएको छैन ।
समाचार एजेन्सी योनहापका अनुसार यस दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया