बुधबार, असार ११, २०८२

बेल्जियमस् सन् २०२४ को बिदाइसँगै ई–सिगरेटमाथि प्रतिबन्धको घोषणा

नेपालखोज २०८१ पुष १५ गते १५:०७

ब्रसेल्स, बेल्जियम । स्याउ, तरबुजा र कोलालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको एकल–प्रयोगका लागि बनेको विद्युतीय–चुरोट (डिस्पोजेबल डिस्पोजेबल ई–सिगरेट)को सेवनलाई बेल्जियमले प्रतिबन्धित गरेको छ ।

राष्ट्रिय तमाखुविरोधी योजनाको एक भागको रूपमा युवाहरूको स्वास्थ्यको रक्षाका लागी बेल्जियममा सन् २०२५ जनवरी १ देखि ‘डिस्पोजेबल भेप्स (विद्युतीय–चुरोट)’ हरू बेच्न निषेध गरिनेछ ।

युरोपियन युनियनले सन् २०४० सम्ममा सुर्तीजन्य पदार्थमुक्त उत्पादन हासिल गर्ने लक्ष्य लिएको छ, जसले २७ देशको समूहको धुम्रपान गर्ने जनसङ्ख्यालाई हाल २५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतभन्दा कममा झार्ने छ । ईयूका केही देशले त्यो समयसीमालाई अगाडि ल्याउने योजना बनाएका छन् । पारम्परिक सुर्तीजन्य पदार्थको धुम्रपानभन्दा ‘भ्याप्स’लाई कम हानिकारक भनी विज्ञापन गरिनेगरिएको छ ।

निर्माताहरूले युवा प्रयोगकर्ताहरूलाई उनीहरूको आकर्षक रङ्गीन पाकेट र मुख रसाउने स्वाद र प्रदूषित धुवाँ र गन्धबाट बच्न विद्युतीय चुरोटको प्रयोग गर्न प्रेरित गर्नेगरेको पाइन्छ । विद्युतीय चुरोटलाई सुरक्षित भनी निर्माताहरूले गर्ने प्रचारका बावज्द पनि यिनीहरूमा निकोटिन हुन्छ र यसले मानिसलाई धुम्रपानका लागि अत्यधिक लत लाग्छ ।

आलोचकहरूले प्रतिबन्धलाई यो अधिक पारम्परिक तमाखु उत्पादनहरूको लागि सम्भावित कदम भएको दावी गरेका छन् । बेल्जियमको धुम्रपानविहीन समाज गठबन्धन प्रवक्ता नोरा मेलार्डले भने, ‘समस्या के हो भने युवाहरूले आफ्नो निकोटिनको मात्रा थाहा नपाई भ्याप्स प्रयोग गर्न थाल्छन् र निकोटिन लतमा फस्छन्।’

प्रतिक्रिया