माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता
नेपालखोज
२०८१ पुष १५ गते १५:२७

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता भएकाे छ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष नेपाल र गौतमबीच भेटवार्ता भएकाे हाे । भेटवार्तामा पार्टी एकताबारे छलफल भएको नेताले बताए ।
नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी चलिरहेको छ । जसका लागि दुवै तर्फका नेता रहेको वार्ता समिति गठन भएको छ ।
सम्बन्धित

प्रतिक्रिया