‘सीपयुक्त शिक्षा अहिलेको आवश्यकता’

नेपालखोज २०८१ पुष १५ गते २१:१३

देउखुरी (दाङ) । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सीपयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् ।

साेहीअनुसारको शिक्षण गर्न उनले शिक्षकहरुलाई आग्रह गरे । घोराही उपमहानगरपालिका–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनाको ६७ औँ वार्षिकोत्सका अवसर उहाँले परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनाएको बताए ।

हरेक विद्यालयले प्राविधिक धारको शिक्षा सञ्चालन गरेर विद्यार्थीलाई सीपयुक्त बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

‘एउटा समय थियो, जति बेला हामीले राज्य सञ्चालनका लागि सरकारी सेवामा सहभागी हुने मानिस नहुँदा भारतबाट जनशक्ति मगाएर सरकारी सेवा दिनुपर्ने अवस्था थियो’, उनले भने । अब विश्व बजारमा बिक्न सक्ने शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया