सन् २०२५ काे वार्षिक राशिफल, कस्ताे रहला तपाईंकाे वर्ष ?

वैदिक ज्योतिषशास्त्रका अनुसार नयाँ वर्ष २०२५ ग्रह र नक्षत्रको स्थितिका आधारमा विशेष रहनेछ । यो वर्ष बृहस्पति बाहेकका देवता शनि, राहु र केतुले पनि राशि परिवर्तन गर्नेछन् जसले १२ राशिका साथै देश- बिदेशमा ठूलो प्रभाव पार्नेछ । यो वर्ष बृहस्पति मिथुन राशिमा प्रवेश गर्ने छ भने शनि मीन राशिमा प्रवेश गर्नेछ । यससँगै राहु कुम्भ राशिमा प्रवेश गर्नेछ । यसबाहेक सूर्य, बुध, चन्द्रमा, मंगल आदिले निश्चित समयपछि राशि परिवर्तन गर्नेछन् जसले राशिहरूको जीवनलाई असर गर्नेछ । नयाँ वर्षले धेरै राशिका मानिसहरूको भाग्य र भविष्य उज्वल बनाउन सक्छ भने जागिर र व्यवसायमा प्रसस्त लाभ हुनेछ ।
मेष
वर्षको पहिलो महिनादेखि आफ्नो प्रयासको फल प्राप्त हुनथाल्नेछ । जनवरीदेखि मार्चसम्मका महिनाहरूमा आफ्ना योजनाहरू द्रुत रूपमा कार्यान्वयन गर्न सफल हुनुहुनेछ । यदि तपाईंले पहिले नै कुनै परियोजनामा काम सुरु गरिसक्नुभएको छ भने राम्रो परिणाम हात पर्नेछ । कुनै पनि काममा हतार नगर्नुहोस् र धैर्यता राख्नुहोस् । यो वर्ष करियरको दृष्टिकोणबाट महत्वपूर्ण छ । कामका धेरै अवसरहरू प्राप्त गर्न सकिनेछ , विशेष गरी जुलाई र अगस्टमा । जागिर परिवर्तनका लागि अनुकूल अवसरहरू पनि प्राप्त हुनेछन् । यदि नयाँ व्यवसाय सुरु गर्ने योजनामा हुनुहुन्छ भने यो समय तपाइँका लागि उपयुक्त साबित हुन सक्छ । वर्षको मध्यमा, विशेष गरी मे देखि अगस्ट सम्म व्यक्तिगत र पारिवारिक जीवनलाई सन्तुलनमा राख्न आवश्यक छ । यो सम्बन्धहरुमा अलिकति होसियार हुने समय हो । यदि विवाहित हुनुहुन्छ भने जीवनसाथी संग कुनै बिषयमा बिबाद हुन सक्छ । यदि अविवाहित हुनुहुन्छ भने रोमान्टिक सम्बन्धमा संयम आवश्यक छ ।
अक्टोबर र नोभेम्बरमा यात्राका अवसरहरू जुटनेछन् , जुन व्यक्तिगत र व्यवसायिक जीवनका लागि अनुकूल साबित हुनेछन । यो नयाँ योजना र विचार कार्यान्वयन गर्ने समय पनि हो । वर्षको अन्त्यमा, तपाईंले आफ्नो कडा परिश्रमको पूर्ण फल पाउनुहुनेछ । यो वर्ष सफलतापूर्वक आफ्ना लागि बलियो स्थिति सिर्जना गर्न सकिनेछ ।
वृष
वर्ष २०२५ वृष राशिका मानिसहरूका लागि मिश्रित रहनेछ । वर्षको सुरुमा विशेष गरी जनवरीदेखि मार्चसम्म वित्तीय मामिलामा केही उतार(चढाव भोग्नु पर्नेछ। वर्षको सुरुदेखि आफ्नो वित्तीय योजना सुधार तथा भविष्यका लागि केही बचत गर्न आवश्यक छ । अप्रिल र मे महिनाहरूमा कार्यस्थलमा केही राम्रा अवसरहरू प्राप्त गर्न सकिनेछ, जसले तपाईंको स्थितिलाई बलियो बनाउन सक्छ ।
वर्षको मध्यमा आफूलाई मानसिक एवं शारीरिक रूपमा सन्तुलित राख्न आवश्यक छ । यदि आफ्नो स्वास्थ्यमा ध्यान नदिने हो भने स्वास्थ्य सम्बन्धी समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ । पारिवारिक मामिलामा केही समस्या सृजना हुनसक्छ । यद्यपि धैर्यता र समझदारीका साथ समस्या समाधान गर्ने हो भने यो वर्ष तपाईका लागि राम्रो साबित हुनेछ ।
सेप्टेम्बर र अक्टोबर महिनाहरूमा तपाईंको ध्यान काम र व्यवसायिक जीवनमा हुनेछ। यो समय करियरको दृष्टिकोणबाट महत्त्वपूर्ण छ । यदि जागिर परिवर्तन गर्ने कुरा सोच्दै हुनुहुन्छ भने यो समय उपयुक्त साबित हुन सक्छ । आफ्नो प्रयासलाई कार्यस्थलमा थप सन्तुलित र व्यवस्थित बनाउन सके अझ राम्रो परिणाम आउनेछ ।
वर्षको अन्त्यमा आफ्नो कडा परिश्रमको राम्रो नतिजा प्राप्त हुनेछ । विशेष गरी डिसेम्बरमा करियरको नयाँ उचाइमा पुग्ने सम्भावना छ । पारिवारिक जीवनमा पनि सुख र सन्तुलन कायम रहनेछ ।
मिथुन
२०२५ तपाईंका लागि ठूला अवसरहरूले भरिएको वर्ष साबित हुनेछ तर यसका लागि आफ्ना योजनाहरू सही रूपमा लागू गर्नु पर्नेछ । जनवरी र मार्चको बीचमा करियरमा केही महत्त्वपूर्ण परिवर्तन हुन सक्छ । यदि आफ्नो काम परिवर्तन गर्ने योजनामा हुनुहुन्छ भने, यो समय उपयुक्त साबित हुन सक्छ । तपाईं आफ्नो कडा परिश्रम र समर्पणका कारण सफल हुने योग छ ।
वर्षको मध्य विशेष गरी मे र जुनमा केही व्यक्तिगत समस्या सामना गर्नुपर्ने हुन सक्छ । पारिवारिक जीवनमा तनाव बढ्न सक्छ । यदि धैर्यताका साथ परिस्थितिको सामना र समस्या समाधान गर्ने प्रयास गर्नुभयो भने स्थिति चाँडै सुधार हुन सक्छ । सम्बन्धमा सदभाव कायम राख्ने प्रयास पनि गर्नुपर्नेछ ।
सातौं महिनादेखि डिसेम्बरसम्मको समय निकै लाभदायक साबित हुनसक्छ । कार्यस्थलमा तपाईंको प्रदर्शन राम्रो हुनेछ र केही ठूला परियोजना वा अवसर जुटन सक्छ । तपाईंको रचनात्मकता र सोचमा नयाँपन हुनेछ जसले सकारात्मक परिणाम दिनेछ । जुलाई र अगस्टमा तपाईंको ध्यान यात्रा र शिक्षामा हुनेछ । यो समय यात्राका लागि राम्रो साबित हुन सक्छ भने विशेष भेटघाट पनि हुनेछ ।
वर्षको अन्त्यमा विशेष गरी डिसेम्बरमा समय अनुकुल रहनेछ । पेशा ( ब्यवसायमा स्थिरता कायम हुनेछ भने लामो समय देखि चलिरहेको परियोजना पूरा गर्ने मौका मिल्नेछ । पारिवारिक जीवनमा शान्ति र सन्तुलन कायम रहनेछ ।
कर्कट
वर्ष २०२५ तपाईंका लागि चुनौतीपूर्ण हुन सक्छ । यद्यपी आफ्ना कार्यहरूमा सही दिशामा प्रयास गर्ने हो भने यो वर्ष लाभदायक साबित हुन सक्छ । जनवरी र फेब्रुअरीमा तपाईंको ध्यान आफ्नो व्यक्तिगत जीवन र स्वास्थ्यमा केन्द्रित हुनेछ । यती बेला तपाईंले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ र मानसिक तनावबाट आफूलाई जोगाउने उपाय अपनाउनुपर्नेछ ।
मार्च देखि मे सम्मको समय करियरको हिसाबले राम्रो हुन सक्छ । यदि आफ्नो कार्य क्षेत्रमा परिवर्तन गर्न वा नयाँ व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने यो समय उपयुक्त हुनेछ। कार्यस्थलमा तपाईंको प्रयासलाई मान्यता दिइनेछ र पदोन्नति प्राप्त गर्न सक्नुहुन्छ।
मे र जुनको बीचमा परिवार र सम्बन्धमा केही समस्याको सामना गर्नु पर्ने हुन्छ । प्रियजनहरूसँग समय बिताउन र उनीहरूसँग राम्रो सञ्चार स्थापना गर्न आवश्यक छ। जुनदेखि अगस्टसम्मका महिनाहरूमा मनोबल बढ्नेछ भने केही ठूला निर्णयहरूमा विश्वस्त महसुस गर्न पाईनेछ । यो समय आर्थिक दृष्टिले लाभदायक साबित हुन सक्छ।
सेप्टेम्बर र अक्टोबर महिनामा यात्राको अवसर जुटनेछ । यो आत्मनिरीक्षण र भविष्यका योजनाहरू बनाउने समय हो । कार्यस्थलमा कामको दबाब भए पनि आफ्नो सीप र कडा परिश्रमले त्यस बाट पार पाईनेछ । वर्षको अन्त्यमा आत्मविश्वास बढ्नेछ भने आफ्ना लक्ष्यहरूमा पूर्ण रूपमा समर्पित हुन सकिनेछ । कार्यस्थलमा स्थिरता महसुस हुनुका साथै परिवार र नातागोता बीच सदभाव रहनेछ ।
सिंह
सिंह राशिका मानिसहरूका लागि वर्ष २०२५ फलदायी वर्ष रहनेछ । जनवरी र फेब्रुअरीमा नयाँ अवसरहरू देखा पर्न सक्छन् । यदि कुनै परिवर्तनका बारेमा सोच्दै हुनुहुन्छ भने यो समय त्यसका लागि उपयुक्त छ । आत्मविश्वास बढ्नेछ भने आफ्नो काममा सफलता हासिल गर्न सकिनेछ ।
मार्च देखि मे सम्मको समय व्यावसायिक जीवनमा ध्यान केन्द्रित गर्ने समय हो । कार्यस्थलमा केही नयाँ चुनौतीहरूको सामना गर्नु पर्ने हुन सक्छ । यदि सही योजनाका साथ काम गर्ने हो भने सफलता त्यति गारो कुरा होइन । यतिबेला तपाईंले कुनै पनि परियोजनाका बारेमा गम्भीरतापूर्वक सोच्न आवश्यक छ ।
वर्षको मध्यमा विशेष गरी जुलाई देखि सेप्टेम्बर सम्म आफ्नो स्वास्थ्यमा ध्यान दिन आवश्यक छ । सानातिना समस्यालाई बेवास्ता नगर्नुहोला । पारिवारिक जीवनमा केही मतभिन्नता उत्पन्न हुन सक्छन । धैर्यता र समझदारिले तिनको समाधान गर्न सकिनेछ । अक्टोबर र नोभेम्बर महिनामा यात्राका अवसरहरू जुटनेछन जुन लाभदायक हुन सक्छ । यो नयाँ विचार र योजना कार्यान्वयन गर्ने समय हो । वर्षको अन्त्यमा विशेष गरी डिसेम्बरमा करियरमा महत्त्वपूर्ण परिवर्तन हुन सक्छ भने तपाईंको प्रयासले मान्यता पाउनेछ ।
कन्या
वर्ष २०२५ कन्या राशिका मानिसहरूका लागि रोमाञ्चक रहनेछ । जनवरी र फेब्रुअरीमा केही अवसरहरू प्राप्त गर्न सकिनेछ जसबाट प्रसस्त फाइदा लिन सकिन्छ । यदि नयाँ योजनामा काम गर्ने सोचमा हुनुहुन्छ भने यो समय धेरै राम्रो छ ।
मार्च देखि मे सम्मको समय आर्थिक दृष्टिकोणबाट फलदायी रहनेछ । तपाईंसँग केही नयाँ वित्तीय योजनाहरू हुन सक्छन् र आफ्नो सम्पत्ति बढाउन सक्नुहुन्छ । कार्यस्थलमा आफ्नो प्रदर्शनको राम्रो नतिजा प्राप्त हुनेछ । यद्यपि पारिवारिक जीवनमा केही समस्या देखा पर्न सक्छ।
वर्षको मध्यमा विशेष गरी जुलाई र अगस्टमा आफ्नो स्वास्थ्यमा ध्यान दिनु पर्ने हुन सक्छ । कामको दबाबले शारीरिक तथा मानसिक थकान निम्त्याउन सक्छ । आफैलाई आराम गर्ने समय दिनुहोस् । सेप्टेम्बर र अक्टोबरमा लक्ष्य प्राप्त हुनसक्छ । तपाईंले महत्त्वपूर्ण परियोजना पूरा गर्नुहुनेछ र त्यसका लागि प्रशंसा पाउनुहुनेछ ।
वर्षको अन्त्यमा विशेष गरी डिसेम्बरमा आफ्ना सम्बन्धहरु बलियो हुनेछन । परिवार र साथीहरूबाट पूर्ण समर्थन पाईनेछ भने व्यक्तिगत जीवनमा शान्तिको अनुभव हुनेछ ।
तुला
तुला राशिका लागि २०२५ को वर्ष आत्मनिरीक्षण, सदभाव र व्यवसायिक विकासको वर्ष हुनेछ । यो वर्षले तपाईका लागि धेरै परिवर्तनहरू ल्याउनेछ । आफ्नो कूटनीतिक र सन्तुलित दृष्टिकोणले ती परिवर्तनहरूको सजिलै सामना गर्न सकिनेछ ।
जनवरी देखि मार्च सम्म केही महत्त्वपूर्ण निर्णय हुन सक्छन । विशेष गरी तपाईंको सम्बन्धमा नयाँ मोड देखा पर्न सक्छ ।
यदि पुरानो सम्बन्धमा हुनुहुन्छ भने थप इमानदारी र स्पष्टता आवश्यक हुनसक्छ । नजिकका मानिसहरूसँग सञ्चार बढाउनु पर्ने समय छ किनभने कुनै पनि प्रकारको गलतफहमी चाँडै समाधान गर्नु महत्त्वपूर्ण हुनेछ । यदि आफ्नो करियरमा कुनै परिवर्तनका बारेमा सोच्दै हुनुहुन्छ भने यो सही समय होइन। पैसाको मामिलामा सावधान रहदै ठुलो जोखिम बाट जोगिनुहोला ।
अप्रिल देखि जुन सम्मको अवधि करियरका दृष्टिले लाभदायक साबित हुन सक्छ । यदि काममा स्थिरता खोज्दै हुनुहुन्छ भने यो समय फलदायी सनबित हुनेछ । जुन महिनामा केही रोमान्टिक र सामाजिक अवसरहरू प्राप्त गर्न सकिन्छ , जसले आत्मविश्वास बढाउनेछ । यो प्रगतिका लागि आफैलाई तयार गर्ने समय हो , त्यसैले आफ्नो व्यक्तित्व र विचारमा सुधार आवश्यक हुनेछ । स्वास्थ्यमा सचेत हुनुहोस्, विशेष गरी मानसिक तनावबाट जोगिन ध्यान र योग अभ्यास आवश्यक छ ।
जुलाई देखि सेप्टेम्बर सम्ममा आफ्नो स्वास्थ्य तथा मानसिक अवस्थामा ध्यान केन्द्रित गर्नु पर्नेछ । काम र सम्बन्धमा हुने व्यस्तताले आफ्नो स्वास्थ्य प्रति बेवास्ता हुनसक्छ तर यो समयमा आफैलाई प्राथमिकता दिनु महत्त्वपूर्ण हुनेछ । यात्राको सन्दर्भमा समय लाभदायक रहनेछ । नयाँ विचारलाई मुर्तरुप दिन सकिनेछ । व्यवसायिक जीवनमा केही महत्त्वपूर्ण परिवर्तन हुन सक्छ । सोचेर निर्णय लिन सके जिवनमा स्थिरता प्राप्त गर्न मद्दत मिल्नेछ ।
अक्टोबर महिनामा आफ्नो जीवनका महत्त्वपूर्ण क्षेत्रहरूमा निर्णय लिनु पर्ने हुनसक्छ । यो आफ्नो भविष्य बनाउने समय हो । वर्षको अन्तिम महिनाहरूमा विशेष गरी डिसेम्बरमा काममा सफलता प्राप्त गर्न सकिनेछ । आर्थिक मामिलामा नाफाका संकेतहरू छन् तर अतिरिक्त खर्चलाई बेवास्ता गर्नुपर्छ । यो परिवारसँग समय बिताउने आदर्श समय पनि हो जसले घरमा शान्ति र सदभाव कायम गर्नेछ । यतिबेला मानसिक रूपमा बलियो महसुस गरिनेनेछ र कडा परिश्रमले उचित फल दिनेछ ।
वृश्चिक
वृश्चिक राशिका लागि २०२५ निर्णायक र परिवर्तनकारी वर्ष हुनेछ । यो वर्ष आत्म(विकास, सम्बन्धमा सुधार तथा मानसिक शान्ति तर्फ अघि बढ्ने उपयुुक्त वर्ष हो । जनवरी देखि मार्च सम्म अर्थात् वर्षको सुरुमा तपाईंले आफ्नो जीवनमा केही नयाँ परिवर्तन खोज्नुहुनेछ । यति बेला आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनमा केहि ठूला कदमहरू चाल्न सकिन्छ । यदि सम्बन्धमा समस्या छ भने अब त्यो समस्या समाधान गर्ने समय भयो । यसले तपाईंको सम्बन्धमा स्थिरता ल्याउनेछ ।
यदि व्यवसायिक जीवनमा नयाँ परियोजना वा व्यवसायमा प्रवेश गर्ने योजना बनाउँदै हुनुहुन्छ भने समय उपयुक्त छ । आर्थिक मामिलामा केही कठिन निर्णयहरू लिनु पर्ने हुन सक्छ । त्यसका लागि धैर्य गर्नुहोस् । अप्रिल देखि जुन सम्म मानसिक अवस्था बलियो हुनेछ । तपाईंले आफु भित्र लुकेको शक्ति महसुस गर्नुहुनेछ, जसले व्यवसायिक र व्यक्तिगत दुवै मोर्चामा सफलता दिलाउनेछ । यद्यपि, सम्बन्धमा केही तनाव हुन सक्छ, विशेष गरी तपाईं आफैले आफ्नो सम्बन्धको बारेमा लापरवाही देखाउनुभएको छ । तपाईंले सम्बन्धमा विश्वास कायम राख्न र केही पुराना समस्याहरू समाधान गर्न आवश्यक छ । जुलाईको वरिपरि यात्राको अवसर जुटन सक्छ जसले तपाईंको मानसिक दृष्टिकोणलाई विस्तार गर्नेछ ।
जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा व्यवसायिक जीवनमा प्रगति देखिन्छ । काम प्रतिको समर्पण र प्रयासले फल दिनेछ । यदि कुनै महत्त्वपूर्ण परियोजनामा काम गर्दै हुनुहुन्छ भने सफलता हात पर्नेछ । सम्बन्धमा पनि सुधार हुनेछ तर तपाईंले अरूको विचार पनि बुझन आवश्यक छ। तपाईंको बोली र विचारमा प्रभावशाली परिवर्तन हुनेछ जसले व्यक्तिगत र व्यवसायिक जीवनमा सुधार ल्याउनेछ ।
अक्टोबरदेखि डिसेम्बरसम्म आत्म-नियन्त्रण र विवेकका साथ निर्णय गर्नु पर्नेछ । तपाईंमा धेरै जिम्मेवारीहरू छन् । कडा परिश्रम र समर्पणले ती सबै कुरालाई सन्तुलनमा राख्न सकिनेछ । कार्यस्थलमा आफ्नो कामको प्रशंसा हुनेछ र काममा नयाँ उचाइ छुन सकिनेछ । पारिवारिक जीवनमा सदभाव कायम रहनेछ । तपाईंले आफूलाई मानसिक एवं शारीरिक रूपमा सन्तुलित राख्नु पर्छ । डिसेम्बरमा नयाँ सुरुवात हुन सक्छ भने केही नयाँ अवसर पनि जुटन सक्छ ।
धनु
धनु राशिका लागि वर्ष २०२५ यस्तो वर्ष साबित हुनेछ जहाँ नयाँ अवसर , यात्रा र आत्म(अनुभूतिको मूल्य हुनेछ । तपाईंले आफ्ना सीमितताहरू पार गर्नुहुनेछ र नयाँ अनुभवहरूले आफैलाई पुर्ण बनाउनु हुनेछ । वर्षको सुरुमा अर्थात जनवरीदेखि मार्चसम्म तपाईंभित्र आत्मविश्वासको कमी हुन सक्छ, तर यो तपाईंले आफैलाई बुझ्ने र अगाडि बढ्ने समय हुनेछ । व्यवसायिक जीवनमा नयाँ सुरुवात हुन सक्छ । यद्यपि यती बेला सतर्क हुँदै अगाडि बढ्न आवश्यक छ । यदि नयाँ व्यवसाय वा जागिर परिवर्तनको योजनामा हुनुहुन्छ भने यो राम्रो समय हुन सक्छ । यद्यपि कुनै पनि ठूलो कदम चाल्नु अघि सबै पक्षहरूमा ध्यान दिनु उपयुक्त हुन्छ । सम्बन्धमा समर्पण र विश्वासको कमी हुन सक्छ, त्यसैले बुद्धिमानीपूर्वक कदम चाल्नुहोस् र कुनै गलतफहमीलाई आफुहरु बिच आउन नदिनुहोस् ।
अप्रिलदेखि जुनको समय अर्थात मध्य वर्षमा यात्रा र शिक्षाका क्षेत्रमा नयाँ अवसरहरू जुटन सक्छन् । तपाईंले केहि नयाँ सिक्ने इच्छा महसुस गर्नुहुनेछ र आफ्नो सीप थप वृद्धि गर्ने प्रयास गर्नुहुनेछ । व्यवसायिक विकासका लागि केही उत्कृष्ट अवसरहरू प्राप्त गर्न सकिनेछ । तपाईंको व्यापार यात्रा सफलता तर्फ उन्मुख हुनेछ । सम्बन्धमा पनि समर्पण र समझदारी कायम रहनेछ । सदभावले तपाईंको प्रेम जीवनमा सुधार ल्याउनेछ ।
जुलाई देखि सेप्टेम्बर सम्म आत्मनिर्भरता र स्वतन्त्रताको खोजी गर्ने समय हुनेछ । तपाईंले आफूभित्र लुकेको शक्ति महसुस गर्नुहुनेछ जसले कार्यस्थलमा सफलता दिलाउनेछ । घरपरिवारमा केही सानातिना समस्या उत्पन्न हुन सक्छन् । कुनै पनि प्रकारको तनावबाट जोगिन तपाईंले आफ्नो भावनामा नियन्त्रण गर्नुपर्नेछ । यो समयमा सम्बन्धहरूमा केही उतार(चढाव देखा पर्न सक्छ । तपाईंले त्यसलाई आफ्नो बुद्धि र सत्यले समाधान गर्न सक्नुहुन्छ ।
अक्टोबर देखि डिसेम्बर सम्म अर्थात् वर्षको अन्त्यमा तपाईंले आफ्नो कडा परिश्रमको फल देख्न पाउनुहुनेछ । तपाईंले व्यवसायिक र व्यक्तिगत जीवनमा गरेका प्रयासहरुले मान्यता पाउनेछन् । सोचे जस्तो सफलता हातपर्ने योग छ । तपाईले आफु भित्रको शक्ति महसुस गर्नुहुनेछ । तपाईं आफ्नो लक्ष्यको नजिक पुग्नुहुनेछ । पारिवारिक जीवनमा सदभाव कायम हुनेछ ।
मकर
मकर राशिका लागि २०२५ को वर्ष काम, समर्पण र आत्मविश्वास वर्ष हो । यो वर्ष तपाईंले आफ्नो सपना साकार पार्न कडा मेहनत गर्नुपर्नेछ । जनवरी देखि मार्च सम्म अर्थात् वर्षको सुरुमा कार्यस्थलमा प्रसस्त अवसर प्राप्त गर्न सकिनेछ । यो तपाइँको प्रतिबद्धता प्रमाणित गर्ने समय हुनेछ भने कडा परिश्रमको फल पनि प्राप्त हुनेछ । व्यक्तिगत जीवनमा केही समस्या सृजना हुन सक्छ । तपाईंले परिवारका सदस्यहरुसँग केही समय बिताउनु पर्छ भने आफ्नो मानसिक स्वास्थ्यको पनि ख्याल राख्नुपर्नेछ । मार्च महिनामा आर्थिक सफलता प्राप्त हुन सक्छ , तर कुनै पनि प्रकारको जोखिम बाट जोगिनु होला ।
अप्रिल देखि जुन अर्थात् मध्य(वर्ष सम्म करियर परिवर्तनको अवसर जुटन सक्छ । यो समयले तपाईंलाई व्यवसायिक जीवनमा नयाँ अवसर र सम्भावनाहरूतर्फ डोहोर्याउनेछ । आर्थिक मामिलामा पनि सुधार देखिनेछ । व्यक्तिगत सम्बन्धमा केही तनाव हुन सक्छ, तर आफ्नो काम र घर बीच सन्तुलन कायम राख्दा स्थितिमा सुधार ल्याउन सकिन्छ ।
जुलाई देखि सेप्टेम्बर प्रेरणा र प्रगतिको समय हुनेछ । तपाईले जुनसुकै काम सुरु गरे पनि त्यसले सफलता प्राप्त गर्नेछ । सम्बन्धमा प्रेम र समझदारि बढ्नेछ । स्वास्थ्यको सन्दर्भमा थोरै ध्यान आवश्यक हुन सक्छ तर समग्रमा तपाईको अवस्था राम्रो छ ।
अक्टोबर देखि डिसेम्बर सम्म अर्थात् वर्षको अन्त्यमा तपाईंले गरेका प्रयासका लागि तपाईंलाई पुरस्कृत गरिनेछ । आर्थिक अवस्थामा सुधार आउनेछ भने व्यवसायमा प्रगतिको संकेत प्राप्त हुनेछ । रोमान्टिक सम्बन्धमा नयाँ ऊर्जा देखा पर्न सक्छ । घरमा खुशी र शान्ति कायम हुनेछ ।
कुम्भ
कुम्भ राशिका लागि वर्ष २०२५ आत्म(निर्माण, सम्बन्धमा मेलमिलाप र करियरमा नयाँ दिशाको वर्ष साबित हुनेछ । यो वर्ष व्यक्तिगत र व्यवसायिक जीवनमा नयाँ अवसरहरू जुटने छन् तर त्यसका लागि केही कठिनाइको सामना समेत गर्नुपर्नेछ । तपाईंको रचनात्मकता र दृष्टिकोण आफ्नै भविष्यका लागि महत्त्वपूर्ण हुनेछ ।
जनवरी देखि मार्च सम्म अर्थात् वर्षको सुरुमा नयाँ ऊर्जा र प्रेरणाले भरिएको महसुस हुनेछ । नयाँ वर्षको आगमन केही नयाँ योजना र विचारका साथ हुनेछ । कार्यस्थलमा केही चुनौतीपूर्ण परियोजना प्राप्त हुन सक्छ जसमा तपाईंले आफ्नो क्षमता र सोच्ने शक्ति प्रमाणित गर्नुपर्नेछ । यतिबेला आफ्नो टोली वा सहकर्मीहरूसँग समन्वय कायम राख्नु महत्त्वपूर्ण हुनेछ । व्यक्तिगत जीवनमा केही भ्रम सृजना हुन सक्छ, विशेष गरी यदि तपाईं सम्बन्धमा हुनुहुन्छ भने । परिवारसँग समय बिताएर उनीहरूको विचार बुझ्दा सम्बन्धमा सुधार आउनेछ ।
वित्तीय दृष्टिकोणबाट वर्षको सुरुवात राम्रो छ तर ठूलो लगानीबाट जोगिनु होला । कुनै पनि निर्णय लिनु अघि ध्यानपूर्वक सोच बिचार गर्नुहोस् । स्वास्थ्यको सन्दर्भमा मानसिक तनावबाट जोगिन आफ्नो दिनचर्यालाई प्राथमिकता दिनुहोस् र समयमा आराम गर्नुहोस् ।
अप्रिलदेखि जुनसम्मको वर्षको दोस्रो चरणमा नयाँ विचार र योजना लिएर अगाडि बढ्न सकिनेछ । करियरमा नयाँ अवसरहरू जुटने छन् । लामो समयदेखि अपेक्षा गरेको कुरा प्राप्त हुनसक्छ । यदि तपाईं व्यवशायी हो भने कार्य शैलीमा केही नयाँ रणनीति अपनाउनु पर्नेछ । आफ्नो आर्थिक स्थिति बलियो बनाउन कुनै नयाँ योजनालाई मुर्त रुप दिनुपर्नेछ ।
यतिबेला थोरै भावनात्मक भ्रम सृजना हुन सक्छ र तपाईं आफ्ना प्राथमिकताहरूका बारेमा भ्रमित हुन सक्नुहुन्छ । यद्यपि तपाईंले यसमा सन्तुलन प्राप्त गर्नुहुनेछ ।
कुनै पनि प्रकारको सम्बन्धमा समय बिताउनु तपाईंका लागि महत्त्वपूर्ण हुनेछ । नजिकका साथीहरू वा परिवारसँग बढी समय बिताउन सक्नुहुन्छ । स्वास्थ्यमा कुनै ठूलो समस्या देखा पर्ने संकेत छैन । यद्यपि ध्यान वा योग अभ्यास मानसिक शान्तिका लागि लाभदायक हुनेछ ।
जुलाई देखि सेप्टेम्बर सम्मको गर्मी महिना केही हिसाकले चुनौतीपूर्ण हुन सक्छ । सम्बन्धहरूमा केही तनाव उत्पन्न हुन सक्छ, विशेष गरी यदि महत्त्वपूर्ण सम्बन्धमा कुनै गलतफहमी छ वा कुनै मुद्दालाई बेवास्ता गर्नुभएको छ भने । यद्यपि यी महिनाहरू तपाईंको रचनात्मकता र व्यवसायिक दृष्टिकोण विकासमा उपयुक्त साबित हुनेछन् । तपाईंको विचार र मनोवृत्ति विशिष्ट हुनेछ र यो तपाईंको करियर नयाँ दिशामा जाने समय साबित हुन सक्छ ।
आर्थिक अवस्थामा सुधार आउनेछ भने तपाईंले गर्नुहुने कडा परिश्रमले फल दिनेछ । काममा व्यस्त भए पनि आराम गर्न र मानसिक तनावबाट जोगिन समय निकाल्नुपर्नेछ । सम्बन्धको मामिलामा धैर्य गर्नुपर्नेछ किनभने तपाईंले केही मामिलामा हतारमा निर्णय लिन सक्नुहुन्छ ।
अक्टोबर देखि डिसेम्बर अर्थात् वर्षको अन्तिम महिना सन्तुलन र समृद्धिको समय साबित हुनेछ । करियरमा राम्रो सफलता हात पर्नेछ । यदि पहिले नै कुनै नयाँ काम सुरु गरिसक्नुभएको छ भने त्यसले राम्रो नतिजा दिन थाल्नेछ । वित्तीय स्थिति स्थिर हुनेछ । ठूलो लगानी वा जोखिमबाट जोगिनु होला । यो तपाईंका लागि आत्म(विकासको समय हो । यसले आफ्नो व्यक्तित्वमा धेरै सकारात्मक परिवर्तनहरू ल्याएको महसुस हुनेछ ।
गहिरो र सन्तुलित सम्बन्धका लागि समय उपयुुक्त छ । आफ्ना प्रियजनहरूसँग समय बिताएर आफ्नो सम्बन्धलाई अझ बलियो बनाउन सकिन्छ । डिसेम्बरको अन्त्यमा तपाईंले पूर्ण रूपमा सन्तुलित र आत्मनिर्भर महसुस गर्नुहुनेछ ।
मीन
वर्ष २०२५ मीन राशिका लागि परिवर्तन र आत्मनिर्भरताको वर्ष हुनेछ । यो वर्ष व्यक्तिगत वृद्धि , सम्बन्धमा सदभाव र क्यारियरमा स्थिरताको वर्ष रहनेछ । मीन राशिका मानिसहरू प्रायः आफ्नो भित्री संसारमा हराउँछन् । यद्यपि यो वर्ष तपाईंले बाहिरी संसारसँग जोडिने र आफ्ना विचारहरू व्यक्त गर्ने मौका पाउनुहुनेछ ।
जनवरी देखि मार्च अर्थात् वर्षको शुरुवात तपाइँका लागि योजनाको समय हुनेछ । यो व्यक्तिगत र व्यवसायिक दुवै क्षेत्रमा स्थिरता तर्फ अघि बढ्ने समय हो । केही पुराना परियोजनामा ध्यान केन्द्रित गर्ने मौका पाईनेछ । तपाईंको कडा परिश्रमले फल दिनेछ । आफ्नो जीवनका केही पुराना विवादहरू समाधान गर्ने प्रयास हुनेछ । सम्बन्धहरूमा तपाईंले आफूलाई भावनात्मक रूपमा संलग्न पाउनुहुनेछ । यसले घनिष्ठ सम्बन्धका लागि बलियो आधार पनि बनाउँनेछ ।
वित्तीय दृष्टिकोणबाट यो बचत र लगानीमा ध्यान केन्द्रित गर्ने समय हो । कुनै ठुलो वित्तीय कदम चाल्नबाट भने जोगिनै पर्छ । स्वास्थ्यको सन्दर्भमा सानोतिनो समस्या हुन सक्छ तर चाँडै स्वास्थ लाभ हुनेछ। मानसिक शान्तिका लागी ध्यान र प्राणायामको अभ्यास फलदायी होला ।
अप्रिलदेखि जुन सम्म व्यवसायिक जीवनमा केही महत्त्वपूर्ण परिवर्तन हुन सक्छ । तपाईंले आफूलाई थप व्यवस्थित पाउनुहुनेछ र यसले तपाईंलाई कार्यस्थलमा सफल बनाउनेछ । यदि आफ्नो व्यवसाय वा काममा कुनै नयाँ परिवर्तन गर्ने योजनामा हुनुहुन्छ भने यो समय नै उपयुक्त हुनेछ । तपाईंको कामको नतिजा राम्रो हुनेछ र आफ्नो कडा परिश्रमको फल पाउनुहुनेछ ।
सम्बन्धको सन्दर्भमा तपाईंले केही गलतफहमीको सामना गर्नुपर्ने हुन सक्छ । यतिबेला तपाईंले आफ्नो विचार र भावनाहरू साझा गर्न पर्याप्त समय र ठाउँ दिनुपर्छ । आफ्ना प्रियजनहरूसँग खुलेर कुरा गर्दा सम्बन्धमा सदभाव सृजना हुनेछ । स्वास्थ्यको सन्दर्भमा कुनै ठूलो समस्या हुनेछैन तर तपाईंले शारीरिक एवं मानसिक रूपमा सक्रिय रहन आवश्यक छ ।
जुलाई देखि सेप्टेम्बर सम्मको गर्मी महिना मीन राशि हुनेहरूका लागि आत्म(विश्लेषणको समय हुनेछ । तपाईंले आफ्नो जीवनका केही ठूला निर्णयहरूका बारेमा सोच्नुहुनेछ र आत्मनिर्भरता तर्फ अघि बढ्नुहुनेछ । यो करियर र व्यक्तिगत जीवन सुधार गर्ने समय पनि हो । तपाईंले आफ्नो जीवनको उद्देश्य र दिशालाई पुनस् परिभाषित गर्नुहुनेछ।
सम्बन्धहरूमा तपाईंले आफूलाई बढी संवेदनशील र भावनात्मक पाउनुहुनेछ। तपाईंको घनिष्ठ सम्बन्धमा स्थिरता ल्याउन केही समय लिनु महत्त्वपूर्ण हुनेछ । काममा नयाँ मोड आउन सक्छ र तपाईंको कडा परिश्रमले लाभ दिने सम्भावना छ ।
वर्षको अन्तिम महिना अक्टोबरदेखि डिसेम्बरसम्म केही नयाँ सम्भावना र अवसरहरू आउनेछन् । विशेष गरी करियरमा केही नयाँ र रोमाञ्चक चुनौतीहरूको सामना गर्न सकिन्छ । तपाईंका लागि विकासका नयाँ मार्गहरू खुल्न सक्छन् ।
वित्तीय अवस्था स्थिर रहनेछ । सदभाव र प्रेम सम्बन्धमा बृद्धि हुनेछ । प्रियजनहरूसँग बढी समय बिताउने अवसर हुनेछ र यो तपाईंका लागि सम्बन्ध थप सुदृढ गर्ने उपयुक्त समय समेत हो । स्वास्थ्यको दृष्टिले तपाईं राम्रो स्थितिमा हुनुहुनेछ र मानसिक शान्तिको अनुभव गर्नुहुनेछ । डिसेम्बरको अन्त्यमा तपाईंले आफ्नो जीवनको दिशा र उद्देश्य प्राप्त गर्नुहुनेछ । आत्मविश्वासमा वृद्धि भएको महसुस हुनेछ भने आगामी वर्ष (२०२६) का लागि नयाँ लक्ष्यहरू तयार हुनेछन् ।
प्रतिक्रिया