दुई संसदीय समितिको बैठक आज बस्ने
नेपालखोज
२०८१ पुष १६ गते १०:३३

काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्दै छ ।
आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।
त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएकाे छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया