राप्रपा नेपालको केन्द्रीय समिती बैठक पुष १९ र २० गते बस्ने

नेपालखोज २०८१ पुष १६ गते १०:४८

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक बस्ने भएकाे छ । बैठक काठमाडौंमा आगामी पुस १९ र २० गते बस्न लागेकाे हाे ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको नेता राजाराम बर्तौलाले जानकारी दिए । पार्टीका पदाधिकारीबाट संगठन , प्रशिक्षण , महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने छ ।

यस्तै, बैठकमा अहिले मुलुकमा कायम बेथितिका साथै हिन्दुवादी र राजावादी एक भएर आन्दोलनमा जानुपर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया