मेलमिलाप नीति कांग्रेसका लागि मात्र नभई देशका लागि आवश्यक छ : सभापति देउवा

नेपालखोज २०८१ पुष १६ गते १२:०९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशका लागि आवश्यक भएको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज बिहान सोह्रखुट्टेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने बताएका हुन् ।

उनले गणतन्त्रलाई सफल पार्न सबैको कर्तव्य हुने भएको बताए । गणतान्त्रिक व्यवस्था स्थायी भएको भन्दै यसलाई सुदृढ गर्दै जानुपर्ने बताए ।

‘आजको गणतन्त्र सफल पार्न सबैको कर्तव्य छ । गणतन्त्रलाई सुदृढ बनाउनु पर्छ,’ सभापति देउवाले ।

प्रतिक्रिया