सहकारी ठगी प्रकरण : बयान अन्तिम चरणमा, थुनछेक बहस आजै सुरु हुने
नेपालखोज
२०८१ पुष १६ गते १३:३८

काठमाडाैं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेकाकाे बयान अन्तिम चरणमा पुगेकाे छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा सोमबारबाट जारी बयान आज अन्तिम चरणमा पुगेको हाे ।
हालसम्म ६ जनाको बयान सकिएको र प्रतिवादी आरती गुरुङको बयान भइरहेकाे अदालतले जनाएको छ । आरतीको बयान सकिएलगत्तै थुनछेक बहस सुरू हुने छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा रास्वपाका सभापति रवि लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग यसअघि नै बयान सकिएको हो ।
मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकालाई सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा पनि थपिएको छ । प्रतिवादी सबैलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
सम्बन्धित

प्रतिक्रिया