सोमबार, वैशाख १५, २०८२

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

नेपालखोज २०८१ पुष १८ गते ९:३८

काठमाडौं । दोस्रो वागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता भोलि शुक्रबारदेखि यहाँ आयोजना हुने भएको छ ।

जिल्ला समन्वय समिति काठमाडौंको संयोजन र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोग तथा टोखा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा पुरुषमा र महिला गरी दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ४६–५०, ५०– ५४, ५४–५८, ५८–६३ र ६३–६८ तथा महिलातर्फ ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तौल समूहमा प्रतिस्पर्धा हुने काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले बताए ।

प्रतिक्रिया