प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता
नेपालखोज
२०८१ पुष १८ गते १२:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटवार्ता भएको छ । बालुवाटारमा आज प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता भएको हाे ।
भेटमा दुई देशबीचको आपसीसम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विक्रमासिंघे प्रधानमन्त्री ओलीका एक पुराना मित्र पनि हुन् ।
यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलंकाका विक्रमासिंघे आज स्वदेश फर्कँदैछन् ।
सम्बन्धित

प्रतिक्रिया