शनिबार, वैशाख १३, २०८२

पाँच अंकले बढ्यो नेप्से, चार अर्ब ६० करोडको शेयर किनबेच

नेपालखोज २०८१ पुष १८ गते १५:३२

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ४.६३ अंकले बढेको छ । आज नेप्से ४.६३ अंकले बढेर २५ सय ८६.२३ बिन्दुमा रोकिएको हो ।

नेप्सेमा आज ३१५ कम्पनीको ५० हजार ४४७ पटकको कारोबारमा एक करोड ८६ हजार ७०५ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ६० करोड ३२ लाख ८२ हजार ३७९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको शेयर कारोबार भएकोमा पाँच समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २।२१ अंकले घटेर १ हजार ३८९।६९ अंकमा झरेको छ ।

लगानी, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमश: ०.३२, १०.४३, ३५.७३ र ९२.८६ अंकले घटेका छन् । विकास बैंक समूहको सूचक भने १२४.२३ अंकले बढेर पाँच हजार २८८.५८ अंंकमा चढेको छ । फाइनान्स समूहको सूचक १२.१२ अंकले बढेर २ हजार ९०३.२५ अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक ६३.९२ अंकले बढेर तीन हजार ४८०.६३ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक ४६.०८ अंकले बढेर १२ हजार ४००.९४ अंकमा पुगेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक ९५.८७ अंकले बढेर १२ हजार ४४९.९० अंकमा चढेकोमा होटेल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समूहको सूचक क्रमश: ४४.३८, ५३.६७ र शुन्य दशमलव शुन्य छ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट लघुवित्त वित्तीय संस्था परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर परेको छ ।

प्रतिक्रिया