सातामा १९ अर्ब २५ करोड दुई लाखको शेयर किनबेच

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से दुई हजार पाँच सय ८६.३० बिन्दुमा कायम भएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ४४३.५६ बिन्दुमा कायम भएको छ ।
धितोपत्र बजारमा यो साता ३१५ कम्पनीको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ३० हजार ८७३ पटकको कारोबारमा चार करोड ३७ लाख ९४ हजार ३३२ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १९ अर्ब २५ करोड दुई लाख ८२ हजार ५६९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताकै बराबरको हो ।
गत साता ३२८ वटा कम्पनीको सेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख ४० हजार ५५७ पटकको कारोबारमा पाँच करोड १८ लाख १४ हजार ९५८ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम १९ अर्ब ४७ करोड ९९ लाख ४७ हजार २०३ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन र तेस्रो दिन ओरालो लागेको नेप्से परिसुचक चौंथो र पाँचौं दिन भने उकालो लागेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक २१.१२ अंकले ओरालो लागेर २ हजार ६०९.५८ बिन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स २.४६ अंकले ओरालो लागेर ४४८.९९ बिन्दुमा झरेको थियो ।
दोस्रो कारोबार दिन सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । तेस्रो दिन भने नेप्से परिसुचक ३३.०८ अंकले ओरालो लागेर २ हजार ५७६.५० बिन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ४.२८ अंकले ओरालो लागेर ४४४.७१ बिन्दुमा झरेको थियो ।
चौंथो कारोबार दिन पनि नेप्से परिसुचक ५.१० अंकले उकालो लागेर २ हजार ५८१.६० बिन्दुमा चढेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.५८ अंकले ओरालो लागेर ४४४.१२ बिन्दुमा झरेको थियो ।
पाँचौं कारोबार दिन पनि नेप्से परिसुचक चार.६३ अंकले उकालो लागेर २ हजार ५८६.२३ बिन्दुमा चढेकोमा ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य.५५ अंकले ओरालो लागेर ४४३.५६ बिन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा जानकी फाईनान्स, नेपाल फाईनान्स, प्रभु बैंक आदि परेका छन् भने शेयर कारोवार भएको संख्याको आधारमा जानकी फाईनान्स, प्रभु बैंक अगाडी देखिएका छन् ।
यसैगरी बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
प्रतिक्रिया