सद्भाव कायम भएमा सामाजिक एकता बलियो : प्रदेश प्रमुख खापुङ

नेपालखोज २०८१ पुष १९ गते १८:५४

टक्सार (भोजपुर) । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सबै समुदायबीच सद्भाव कायम राख्न जरूरी रहेको बताएका छन् । जिल्ला समन्वय समितिको आठौँ जिल्ला सभालाई आज सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले सद्भाव र एकता कायम राख्दै मुलुकलाई अगाडि बढाउन स्थानीय तहहरूको पनि प्रमुख भूमिका हुने बताए ।

उनले सङ्घीयता, गणतन्त्र, लोकतन्त्रको सुदृढीकरणसहित संस्थागत बनाउन जनप्रतिनिधिहरूलाई आग्रह गरे । भाषा, धर्म, संस्कार, संस्कृतिमा सबैको समान अवसर कायम राख्दै एकताबद्ध रूपमा आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उनको धारणा छ ।

सो क्रममा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सृजना राईले सङ्घीय, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय अभाव हुँदा योजनाहरू दोहोरिने समस्या देखिएको बताए । पूर्वसंविधानसभा सदस्य लक्ष्मी परियार, जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राई, भोजपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, समन्वय समितिका पदाधिकारी, कर्मचारी, पत्रकारलगायतको जिल्ला सभामा सहभागिता रहेको थियो ।

प्रतिक्रिया