लागुऔषधसहित १०जना पक्राउ

काठमाडौं । प्रहरीले आठ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन र ६९ ग्राम ३४० मिलिग्राम चरेशसहित १० जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी कार्यालयबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका-२ राजीपुरका २३ वर्षीय विक्रम बुढा, १९ वर्षीय मिलन टमटा, धनगढी उपमहानगरका-३ स्थित केदार टोलमा चिया नास्ता पसल गर्ने ४० वर्षीय खेमराज महरा रहेका छन् ।
त्यस्तै, कृष्णपुर नगरपालिका-७ का ३४ वर्षीय मोहन राना, धनगढी उपमहानगरपालिका-७ का २५ वर्षीय प्रभुपन राना, १८ वर्षीय अमन राना रहेका छन् ।
यसैगरी, धनगढी उपमहानगरपालिका-१३ का २९ वर्षीय बाहाली राना, वडा नम्बर ६ का ३१ वर्षीय दीपक राना, कृष्णपुर नगरपालिका-९ का २४ वर्षीय प्रदीप राना, ३० वर्षीय अनिल राना पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
१० जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट प्रहरीले आठ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन र ६९ ग्राम ३४० मिलिग्राम चरेश बरामद गरेको छ ।

प्रतिक्रिया