रवि लामिछानेसहित ३९ जनाविरुद्ध १ अर्ब साढे १९ करोड बिगो दाबीसहित मुद्दा दायर

नेपालखोज २०८१ पुष २१ गते १७:४१

काठमाडाैं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएकाे छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध १ अर्ब साढे १९ करोड बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ ।

प्रतिक्रिया