ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ

नेपालखोज २०८१ पुष २१ गते १९:०८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पुल्चोक क्याम्पसमा निर्माण गरिएको ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’को शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आर्थिक सहयोगमा ट्रान्सफर्मर परीक्षण प्रयोगशाला निर्माण गरिएको हो ।

कार्यक्रममा मन्त्री खड्काले सुरक्षित विद्युत् प्रवाहमा उक्त प्रयोगशालाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले विद्युत्मा ठूलो धनराशि खर्च भइरहेको बेलामा यसलाई कसरी सुरक्षित र भरपर्दो बनाउन सकिन्छ त्यसतर्फ अध्ययन अध्यापनको आवश्यकता रहेको उल्लेख गरे ।

सरकारले सन् २०३५ भित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट पास गरेको उल्लेख गर्दै मन्त्री खड्काले सो लक्ष्य पूरा गर्दै गर्दा हजारौँ इन्जिनियरले रोजगारी पाउने बताए । ऊर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठूलो अभाव रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया