सुन गोहोरोसहित दुई जना पक्राउ
नेपालखोज
२०८१ पुष २२ गते १८:४१

काठमाडौं । विराटनगर महानगरपालिका-१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् । भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो ।
प्रहरीले सुनसरीको बर्जु गाउँपालिका-१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेवलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया