राजनीतिक कारणले नै शान्ति प्रक्रिया टुंगिएको हाे : अध्यक्ष दाहाल
नेपालखोज
२०८१ पुष २४ गते १३:४८

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक कारणले नै शान्ति प्रक्रिया नटुंगिएको बताएका छन् ।
शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल विषयक अन्तर्क्रियालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले सडकबाट दबाब सृजना नगरिए शान्ति प्रक्रिया टुंगो लाग्न अरू १८ वर्ष लाग्न सक्ने बताएका हुन् ।
‘विषय कानूनी भन्दा पनि राजनीतिक नै छ, अहिले टुंग्याउन कठिन भएको राजनीतिक विषय नै हो’ अध्यक्ष दाहाल भने, ‘तर, एउटा प्रवृत्ति शान्ति प्रक्रियाको यो बिजनेस किन टुंग्याउने भन्नेमा छ । अर्को प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम हतियार यही हो भन्ने ठानिरहेको छ ।’
माओवादीलाई सिद्धाउने अन्तिम हतियार शान्ति प्रक्रियालाई ठानिएको उनकाे आरोप छ ।
२०६३ मंसिर ५ गते शान्ति सम्झौता भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया